सात अमेरिकी नौसेनाको शव भेटियो
एजेन्सी ४ असार । अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा हराएका चालक दलका सात सदस्य मृत अवस्थामा भेटिएका छन् ।
अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा शनिबार ठोक्किँदा हराएका उनीहरुलाई उद्धारकर्मीले मृत अवस्थामा भेटाएको अमेरिकी नौसेना र जापानी सञ्चारमाध्यमले जनाएका छन् । शव पहिचानका लागि जापानको अस्पताल लगिएको छ । उद्धारकर्मीले आइतबार बिहान शवसँग जहाजको क्षतिग्रस्त भागको टुक्रा पनि फेला पारेका छन् । योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५