विश्वमै धेरै कमाउने सिनेमाको सूचीमा पर्यो दंगल

भक्तपुर न्यूज

२ असार २०७४ ८:१६

विश्वमै धेरै कमाउने सिनेमाको सूचीमा पर्यो दंगल

एजेन्सी, २ असार । बलिउड चलचित्र दंगल विश्वमै धेरै कमाउने उत्कृष्ट पाँच सिनेमाको सूचिमा सुचीकृत भएको छ । नितेश तिवारीको निर्देशनमा बनेको दंगलले १९ सय ३४ करोड भारतीय रुपैयाँ कमाउँदै विश्वमै धेरै कमाउने उत्कृष्ट पाँच सिनेमाको सूचिमा आफूलाई सामेल गराएको हो ।
सिनेमाले ईतिहासमा पाँचौ धेरै कमाउने अंग्रेजी बाहेकका सिनेमाको रकेर्ड राखेको हो । फोक्समा प्रकाशित सूचिका अनुसार उत्कृष्ट पाँच अंग्रेजी बाहेकका सिनेमामा दुईवटा चाईनिज, एउटा फ्रान्स एउटा जापानी र एक भारतीय अर्थात दंगल समावेश छन् ।
दंगलको कमाई अनुसार धेरै कमाएर चर्चामा आएको एस एस राजमौलीको सिनेमा बाहुबली धेरै पछि परेको छ । बाहुबलीलले बक्स अफिसमा १६ सय ७६ करोडको व्यापार गरेको छ । त्यसमाथि पनि अहिले सिनेमाको व्यापार निकै कम भएको छ । त्यस कारण बाहुबलीले १७ सय करोडको आँकडा छुन पनि मुश्किल देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *