माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक

भक्तपुर न्यूज

२ असार २०७४ ५:२२

माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक

भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले रुपान्तरित एसएलसी माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । ग्रेडिङ सिस्टममा सार्वजनिक नतिजाअनुसार रेगुलरतर्फ चार लाख ४५ हजार ५६४ जनाले दिएका थिए । त्यसमा छात्रतर्फ दुई लाख २१ हजार ६८२ सहभागि थिए भने छात्रा दुई लाख २३ हजार ८८२ रहेका थिए । त्यस्तै एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए । जसमा छात्र ६२१९ छात्रा १० हजार ३५३ रहेका थिए ।
रेगुलरतर्फ जिपएि ३.६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार २ सय ८४ छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० ल्याउनेमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २.८५ देखि ३.२० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् । जिपिए २.४५ देखि २.८० ल्याउने ६१ हजार ९ सय ५५ रहेका छन् । जिपिए २.०५ देखि २.४० ल्याउने ९१ हजार ३ सय १४ रहेका छन् । जिपिए १.६५ देखि २.०० ल्याउने १ लाख ८ हजार ४ सय ६४ रहेका छन् । त्यस्तै, जिपिए १.२५ देखि १.६० ल्याउने ६४ हजार ५ सय ७७ रहेका छन् । जिपिए ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् । जिपिए ०.०० देखि ०.८० ल्याउने १५ रहेका छन् ।
परीक्षामा उमेर नपुगेका २ जना रहेको, १३ सय २० जना ले सैद्धान्तिक विषयको परीक्षा नदिएको,१ हजार ३८ जनाले प्रयोगात्मक नदिएको र तीनजनाको नतिजा रोकिएको छ । त्यस्तै, २ सय १६ जनाको उत्तरपुस्तिका रद्द भएक छ भने ७ हजार ६ सय ४ जनाले परीक्षा ड्रप गरेका छन् ।
एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५ सय ७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तिर्ण नभएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै, जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म २ जना उत्तिर्ण भएका छन् । भने जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २ सय २२ जना , २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर १ हजार ९ सय ६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्यसम्म ल्याएर ७ हजार ४ सय ७० जना जिपिए शुन्य दशमलव १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर ५ हजार ७ सय ५८ जना, शुन्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६ सय ५ जना र शुन्य दशमलव ८० सम्म १ जना उत्तिर्ण भएका छन् ।
सैद्धान्तिक विषयको परीक्षा नदिएका ४ सय ७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जनाको र परीक्षा नदिएका २४ सय २ जना रहेको पनि कार्यालयले जनाएको छ ।
गत चैत ३ देखि १४ गतेसम्म एसईई परीक्षा सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *