कक्षा ११ को परीक्षा आजबाट सुरु

भक्तपुर न्यूज

१ असार २०७४ ५:१५

कक्षा ११ को परीक्षा आजबाट सुरु

भक्तपुर, १ असार । कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । स्थानिय तहको निर्वाचनका कारण सरेको कक्षा ११ को परीक्षा आजबाट सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु छ ।
आजबाट सुरु भएको परीक्षा असार १० गतेसम्म संचालन हुने छ । परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ१ लाख ९९४ गरि देशभरबाट कुल ४ लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमा छात्र २ लाख ११ हजार ८२२ र छात्रा २ लाख ३७ हजार १७२ रहेका छन् ।
परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *