फिल्म ममको ट्रेलर रिलिज

भक्तपुर न्यूज

२१ जेठ २०७४ ९:५३

फिल्म ममको ट्रेलर रिलिज

एजेन्सी, २१ जेठ । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको नयाँ फिल्म मम को ट्रेलर रिलिज भएको छ । श्रीदेवीले यो फिल्मबाट ५ वर्षपछि कमब्याक गर्न लागेकी हुन् । यसअघि उनलाई फिल्म इंग्लिश विंग्लिशमा देखिएको थियो । यो फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकीको पनि मुख्य भूमिका छ । फिल्ममा नवाजुद्दीन आफ्नो लुक्सलाई लिएर चर्चामा छन् ।
नवाजुद्दीन सिद्दीकीको अलवा फिल्ममा अभिनेता अक्षय खन्ना पनि छन् । यो फिल्म ७ जुलाईमा रिलिज हुँदैछ । रवि उदयवार द्वारा निर्देशित यो फिल्मलाई श्रीदेवीका पति बोनी कपूर र जी स्टूडियोले संयूक्त रुपमा निर्माण गरेको हो । फिल्मको संगीत ओस्कर विजेता एआर रहमानले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *