एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
भक्तपुर २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार साझँ(अहिले) ओली निवास बालकोटमा भेटवार्ता भएको छ । नयाँ सरकार गठनको प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्रीका लागि आफनो उम्मेदवार दर्ता गरेर अहिले साझँ काँग्रेस सभापति देउवा काँग्रेस नेता विमलेन्द्र निधीलाई लिएर ओली निवास पुगेका थिए ।
केही बेर अघि भएको दुईपक्षिय वार्तामा भोली हुन गैरहेको प्रधानमन्त्री चयन प्रक्रियाका बिषयमा छलफल भएको एमाले निकट स्रोतले जानकारी दिएको छ । भेटमा एमाले अध्यक्ष ओलीलाई काँग्रेस सभापति देउवाले नयाँ सरकारको प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
जवाफमा ओलीले भरतपुरको समस्या समाधान नभएसम्म संसद अबरुद्ध गर्ने एमालेको निर्ण भैसकेकोले यो निर्णय बदल्न नसकिने तर्फ संकेत गरेका थिए । आज दिउँसो मात्रै नेकपा एमालेले भोली हुन लागिरहेको प्रधानमन्त्री चयनको प्रक्रिया विथोल्ने र संसद अबरुद्ध गर्ने निर्णइ गरिसकेको छ ।