चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

भक्तपुर न्यूज

१४ जेठ २०७४ ५:५७

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

एजेन्सी, १४ जेठ । एफए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । घरेलु मैदान वेम्बली रंगशालमा गएराति भएको फाइनलमा चेल्सीलाई २–१ ले हराउँदै कीर्तिमानी १३ औं पटक एफए कपको उपाधि जितेको हो ।
वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमै सान्चेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाएपछि १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित चेल्सीले ७६ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरेका हुन । त्यसको तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २–१ को अग्रतासँगै १३औं उपाधिसमेत दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *