मध्यपुरथिमी नगरको मेयरमा एमालेका मदनसुन्दर विजयी

भक्तपुर न्यूज

८ जेठ २०७४ ४:१६

मध्यपुरथिमी नगरको मेयरमा एमालेका मदनसुन्दर विजयी

भक्तपुर ८ जेठ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले बाजी मारेका छन् । उनले १४००३ म त प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका अष्ट कबेले १०८४६ मत ल्याएका छन् । नवनिर्वाचित मेयर श्रेष्ठले ३१५७ मतको अन्तरले जीत आफनो पोल्टामा पारेका हुन् ।

मध्यपुर थिमी नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका अन्जना मधीकर्मीले १०६६५ मत प्राप्त गरेकी छन । उनले प्रतिद्धन्द्धी नेपाल मजदुर किसाना पार्टीका उम्मेदवारले ८१२३ मत ल्याएर पराजीत भएका छन् ।  मध्यपुर थिमीका ९ वटा वडामा मिश्रित परिणाम आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले मेयर, उपमेयरदेखि सबै वडामा एकलौटी जीत हासिल गरेको छ भने सूर्यविनायक नगरपालिकामा मेयर, उपमेय लगायतका ७ वटा वडामा नेकपा एमालेले जीत हासिल गरेको छ । यहाँ नेपाली काँग्रेसले ३ वटा वडा मात्रै आफनो पोल्टामा पारेको छ ।

यसैगरी चाँगुनारायण नगरपालिकाका वडा नं ४ को मतगणनामा विवाद देखिएपछि यहाँको मतगणना अनिश्चित बनेको छ । हिजो बसेको सर्वदलिय बैठकले विवाद समाधान गर्न नसकेपछि अब चाँगुनारायणको मतगणनाका बिषयमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *