भक्तपुरमा लागु औषधसहित दुईजना पक्राउ
भक्तपुर ७ जेठ । महानगरीय प्रहरी बृत्त ठिमीको प्रहरी टोलिले हिजो राती करिब ९ बजेर १५ मिनेट जाँदा एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा चेकजाँचको क्रममा सो नगरपालिका ५ बस्ने बर्ष २४ को राकेश कर्माचार्य लागुऔषध सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कर्माचार्यको साथबाट नर्फिन ७१ थान, फेनारगन ७५ थान, डाईजापाम ७४ थान, सिरीन्ज ३ थान लागु ओष्ध सहित नगद ४६,९५० समेत बरामद गरेको छ । उनले बा.४८ प.९८३० नंम्बरको पल्सर मोटरुसाईकल प्रयोग गरेका थिए । थप अनुसन्धानको क्रममा राकेश कर्माचार्यबाट सो लागु औषध खरिद गर्ने भक्तपुर मध्यपुर नगरपालिका ३ गठ्ठाघर बस्ने बर्ष २१ को बिबेक खड्कालाई पनि सानोठिमीबाट पक्राउ गरिएको ठिमी प्हरीले बताएको छ ।
प्रहरीका अनुसार अहिले दुबैजनामाथि थप अनुसन्धान भईरहेको छ । सानोठिमीबाट पक्राउ परेका खड्काबाट पनि सिरीन्ज ४ थान, डाईजापाम ७ थान, नर्फिन ७ थान, फेनारगन, ७ थान, ओरेन्स, १ बोतल फेला परेको छ । उनले बा.८१ प. ४०६५ नंम्बरको पल्सर मोटरसाईकल प्रयोग गरेका थिए ।