मध्यपुरमा एमालेको अग्रता कायमै

भक्तपुर न्यूज

६ जेठ २०७४ ९:५७

मध्यपुरमा एमालेको अग्रता कायमै

भक्तपुर ६ जेठ । मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेको अग्रसरता अझै कायम रहेको छ । एमालेका मेयर मदनसुन्दर श्रेष्ठले वडा नं ६ को १११६ मत गणना गर्दासम्म ८९०६ मत पाएका छन भने नेपाली काँग्रेसका अष्ट कबेले ७१३२ मत पाएका छन् ।

यसैगरी उपमेयरमा नेमकिपाले ७९१२ र नेपाली काँग्रेसले ७३१४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रले मेयरमा ५१६ र उपमेयरमा ८६३ मत ल्याएका छन् । अहिलेसम्म मध्यपुरमा ५ वटा वडाको मतगणना भैसकेको छ ।  सूर्यविनायक नगरपालिकामा मेयर उपमेयर दुबै पदमा एमाले अगाडी रहेको छ भने चाँगुनारायणको मतगणना स्थगीत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *