बलिउड कलाकार रीमाको निधन
भक्तपुर ४ जेठ । (एजेन्सी) बलिउडकी चर्चित कलाकार रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको छ । हृदयघाटका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
छातीमा समस्या भएपछि मुम्बइस्थित अम्बानी अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनका श्रीमान् विनय वायकुलले स्थानिय पत्रकारहरुसँग रीमाको निधन भएको जानकारी दिए ।
उनी मराठी र हिन्दी चलचित्रमा परिचित थिइन् । टेलिभिजनको दुनियाँमा उनी निकै लोकप्रिय छिन् । ‘मैने प्यार क्यू किया, आशिकी, साजन, हम आपके है कौन, वास्तव, हम साथ साथ हे’ लगायतका चलचित्रमा उनले काम गरेकी छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४