जेठ ६ बाट दोस्रो चरणको चुनावको तयारी
काठमाडौँ, ४ जेठ । निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी जेठ ६ गतेबाट आरम्भ गर्ने भएको छ । त्यस क्रममा रकुम र नवलपरासीसमेत ४३ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछ ।
रुकुम र नवलपरासीका केही स्थानीय तहमा पहिलो चरणमा पनि निर्वाचन भइसकेको छ । त्यसैगरी आयोगले जेठ १५ गतेदेखि सम्बन्धित गाउँपालिका तथा नगरपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।
वैशाख ३१ गते नै निर्वाचन तयारी गरेको आयोगले सरकारको निर्णयअनुसार दुई चरणमा गर्नका लागि प्रक्रिया अगाडि बढाएपछि अब दोस्रो चरणको निर्वाचनको पनि तयारी थाल्न लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । देशका ३४ जिल्लाका २८३ स्थानीय निकायमा पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००