दैलेखको नारायण नगरपालिकामा एमाले विजयी

भक्तपुर न्यूज

२ जेठ २०७४ १४:४१

दैलेखको नारायण नगरपालिकामा एमाले विजयी

दैलेख, २ दैलेख । दैलेखको नारायण नगरपालिकामा एमालेका मेयर र उपमेयरसहित प्यानल नै विजयी भएको छ । मेयरमा एमालेका रत्नबहादुर खड्काले ४ हजार ७ सय २५ मतसहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मणिराम रेग्मीले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालकै उम्मेदवार सावित्री मल्ल विजयी भएकी छन् । मल्लले ४ हजार ८ सय ६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बासना थापाले ४ हजार २ सय ८५ मत प्राप्त गरेकी छन् । नगरपालिकातर्फ डोल्पाको ठूली भेरीपछि मतगणना सकिएको नारायण नगरपालिका दोस्रो हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *