भक्तपुरमा नमुना मतपत्रबाटै मतदान
भक्तपुर, ३१ बैशाख । भक्तपुरका केही मतदान स्थलमा नमुना मत पत्र लिएर मतदान गरिएको फेला परेको छ । भक्तपुर चाँगु नगरपालिकास्थित साबिकको गबिस भवनमा रहेको मतदान केन्द्रमा १० थान नमुना मतपत्रबाट मतदान गरिएको फेला परेको हो ।
त्यस्तै चाँगु नगरपालिकास्थित खरिपाटी र सुडालका मतदान केन्द्रमा समेत क्रमश दूई र एक नमुना मतपत्रबाट मतदान गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । उनले भने यसरी नमुना मतपत्रबाट गरिएको मत सो त बदर हुने समेत जानकारी दिए । मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र सो त बदर हुने समते उनले जानकारी दिए । यसरी नमुना मतपत्र लिएर मतदान गरेकाहरुको मत बदर हुने भएता पनि मतदान गर्नेहरुलाई प्रहरीले नियन्त्रण नलिएको समेत भक्तपुर प्रहरीले जानकारी दिएको छ । नमुना मतपत्रबाट मतदान गरिएका स्थानमा मतदान सुचारु रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।