दुई खेल बाँकी हुँदै चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि
एजेन्सी, ३० बैशाख । दुई खेल बाँकी हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो ।
चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोल रहित बराबरीमा रोकियो । दोस्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु पर्यो । तर सबस्टिच्युडको रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।
लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ । प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५