युभेन्टसको फाइनलमा पुग्ने सम्भावना बलियो

भक्तपुर न्यूज

२१ वैशाख २०७४ ४:५६

युभेन्टसको फाइनलमा पुग्ने सम्भावना बलियो

एजेन्सी, २१ बैशाख । इटालियन सिरी ए क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब मोनाकोलाई २–० ले हराउँदै युभेन्टसले फाइनल यात्रा बलियो बनाएको हो ।
अवे मैदानमा भएको खेलमा युभेन्टसलार्य जिताउन दुवै गोल गोन्जालो हेगुइनले गरे । यसअघि च्याम्पियन्स लिगको नकआउट चरण अन्तर्गत पछिल्ला सात खेलमा गोल गर्न नसकेका हेगुइनले मोनाकोसँगको खेलमा दुई गोल गर्दै युभेन्टसलाई बलियो अवस्थामा पुर्‍याए ।
यो जितसँगै युभेन्टस च्याम्पियन्स लिगको इतिहासमा तीन पटक सेमिफाइनलमा पुगेकोमा दोस्रो पटक फाइनल खेल्ने सम्भावना बलियो भएको छ । रियल मड्रिडले पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई हराएकाले फाइनलमा रियल र युभेन्टसबिच भेट हुने सम्भावना छ । दोस्रो लेग आउँदो हप्ता युभेन्टसको मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *