राष्ट्रपति भण्डारीद्वारा भक्तपुरका सम्पदाको अवलोकन
भक्तपुर, १२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भुकम्पले क्षति पु¥याएको भक्तपुरका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माणको अवलोकन गरेकी छन् । उनले विश्व सम्पदामा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा हालसम्म भएका सम्पदाहरुको पुनर्निर्माणको अवलोकन गरेकी हुन् ।
भूकम्पले बढी क्षति भएका भक्तपुर क्षेत्रको अवलोकन नगरी बढी क्षति भएको सम्पदा क्षेत्र दरबार स्क्वायरको उनले अवलोकन गरेकी हुन् । अवलोकन पछि उनले स्थानीय कालिगढहरुलाई प्रयोगमा लिनुपर्ने, विकृति र विसंगति नभित्र्याउने, स्थानीय कलाकौशल तथा सामग्री प्रयोगमा ल्याउने तथा मौलिक र पुरात्ताविक तवरले पुनर्निमाण गर्नुपर्ने बताए ।
उनले सबै एकै ठाउँमा उभिएर सम्पदाको पुर्ननिर्माण गर्न आवश्यक भएको बताउँदै सम्पदाको जर्गेनाका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताईन् । उनले करीब २५ मिनेट भक्तपुरका क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको अवलोकन गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
राष्टपतिको आगमनमा भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।