उत्तर कोरियाको परमाणु कार्यक्रमबारे ह्वाइट हाउस ब्रिफिङमा सिनेटरलाई बोलाइयो

भक्तपुर न्यूज

१२ वैशाख २०७४ ५:३९

उत्तर कोरियाको परमाणु कार्यक्रमबारे ह्वाइट हाउस ब्रिफिङमा सिनेटरलाई बोलाइयो

एजेन्सी, १२ वैशाख । अमेरिकाले उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रमलाई लिएर गम्भीर चासो व्यक्त गरेको छ । यही क्रममा उत्तर कोरियाको विषयमा जानकारी गराउन अमेरिकी सिनेका सबै सदस्यलाई ह्वाइट हाउसमा बोलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यसरी सिनेका सबै सदस्यालाई कुनै एक विषयमा जानकारी गराउन वा छलफलका लागि ह्वाइट हाउस बोलाउनु असामान्य मानिन्छ । उत्तर कोरियाको विषयमा ह्वाइट हाउसमा हुने ब्रिफिङ भोलि हुनेछ । ब्रिफिङमा एक सय सिनेटरसहित विदेश मन्त्री रेक्स टिल्लर्सन र रक्षा मन्त्री जेम्स म्याटिस पनि सहभागी हुने बिबिसीले जनाएको छ ।
उत्तर कोरियाको मुख्य सहयोगीको रुपमा रहँदै आएको चीनले सबै पक्षलाई संयम हुन आग्रह गर्दै आएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रम तथा त्यसमा अमेरिकाको गम्भीर चासोका कारण कोरिया प्रायद्विपमा तनाव सिर्जना भएको छ । उत्तर कोरियाकै विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच गएको आइतबार टेलिफोन वार्ता भएको थियो । चिनियाँ राष्ट्रपति सीले संयमता अपनाएर कुनै पनि किसिमको तनावको अवस्था आउन नदिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *