भक्तपुरका अधिकांश क्लिनिक मापदण्डविहीन

भक्तपुर न्यूज

१२ वैशाख २०७४ २:४८

भक्तपुरका अधिकांश क्लिनिक मापदण्डविहीन

भक्तपुर १२ बैशाख । कमल न्यौपाने । भक्तपुर जिल्लामा सन्चालनमा रहेको अधिकांश क्लिनिकहरु अझै पनि दर्ताबिनै चलिरहेका छन् । यस्ता क्लिनिकहरुले स्वास्थ्य मन्त्रालयको  मापदण्ड समेत पुरा गर्न सकेका छैनन् ।

बिना दर्ता क्लिनिक सन्चालन हुँदा सरकारको राजश्वमा समेत नोक्सानी भैरहेको छ  । जिल्ला जनस्वास्थ्य कार्यालयले बारम्बार क्लिनिक दर्ताका लागि सूचना आव्हान गरेपनि व्यवसायीले क्लिनिक दर्ता गर्नेबारे चासो नदेखाएको कार्यालयले जनाएको छ ।
कार्यालयले अहिले पनि क्लिनिक दर्ताका लागि सूचना आव्हान गरेको छ । तर अधिकांश क्लिनिकहरु दर्ताको प्रक्रियामा आएका छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयले मौसमी रुपमा अनुगमन गरेतापनि प्रभावकारी रुपमा यस्ता क्लिनिकको अनुगमन समेत गर्न नसकेको पाईएको छ ।

अहिले पनि भक्तपुरका विभिन्न क्षेत्रमा गरी १ सयको हाराहारीमा क्लिनिकहरु सन्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयले क्लिनिक बैधानिक रुपमा दर्ताको आव्हान गरेको छ । ‘यसअघि पनि व्यवसायीहरुले दर्ताका लागि प्रक्रियामै आउन मानेका थिएनन् । अहिले भने केही क्लिनिकका सन्चालकहरु दर्ताको प्रक्रियामा आएको बताईएको छ । स्रोत भन्छ ः केही दर्तामा आएपनि अधिकांश दर्ताविहीन अबस्थामै छन भने सरकारले तोकेको मापदण्ड त धेरैले अझै पुरा गर्न सकेका छैनन् ।

‘यस्ता क्लिनकमा एमविविएस डाक्टरको अनिवार्यता छ । तर भक्तपुरमा सन्चालन भएका मध्ये अधिकांश क्लिनिकमा एमविविएस डाक्टर समेत हुँदैनन् । सरकारी मापदण्ड अनुसार क्लिनिकको उद्देश्य र क्षमताअनुसार अनुमति प्रदान गर्ने निकायबाट अनुमति लिई सेवाको समुचित व्यवस्था गरी आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया सेवा, सघन उपचार सेवा, प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा, विशेषज्ञ सेवा, फार्मेसी सेवा, रक्त सञ्चार सेवा, फिजियोथेरापी सेवा, वातावरण व्यवस्थापन, स्वास्थ्य संस्थाबाट निष्काशित फोहरमैला व्यवस्थापन गर्नुपर्ने रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *