सरकारले तोक्यो म्यादी प्रहरीको तलब
काठमाडौं, ७ बैशाख । सरकारले म्यादी प्रहरीको तलव भत्ता तोकेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको तलव भत्ता तथा सेवा सुविधा तोकेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पाउने भएका छन् भने पोशाक भत्ताको लागि छुट्टै ७ हजार १ सय रुपैयाँ पाउनेछन् । पोशाक म्यादी प्रहरी आफैंले किन्नु पर्नेछ ।
त्यस्तै, चुनावमा खटिँदा सात दिन उनीहरुलाई एकदिन २ सय ५० रुपैयाँका दरले भत्ता उपलब्ध गराइनेछ । चुनावभरीका लागि एकदिनको २ सय ५० रुपैयाँको खाजा खर्च पनि दिइने सरकारले जनाएको छ ।
चुनावका बेला कुनै घटना दुर्घटना भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । त्यस्तै १ लाख ५० हजारको स्वास्थ्य बिमा पनि गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४