अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा तीनको मृत्यु
एजेन्सी, ६ वैशाख । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा तीन जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियाको डाउनटाउन फ्रेस्नोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । ३९ वर्षका आक्रमणकारीले अरबी भाषामा भगवान सर्वेसर्वा छन् भन्दै गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आक्रमणकारी कोरी अली मुहम्मदलाई पक्राउ गरेको छ ।
आक्रमण रंग भेदसम्बन्धी हिंसा स्वरुप रहेको स्थानीय प्रहरी प्रमुख जेरी डायरले बनाएका छन् । यसमा आतंककारी आक्रमणको प्रमाण फेला नपरेको उनको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५