आर्सनलको आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने आशा कायमै
एजेन्सी, ५ बैशाख । आर्सनलले शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना जीवितै राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको हो ।
अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए ।
जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४