भक्तपुरमा लिङ्गो भाँचिए पश्चात अर्को लिङ्गा उभ्याइयो

भक्तपुर न्यूज

३१ चैत २०७३ १७:०३

भक्तपुरमा लिङ्गो भाँचिए पश्चात अर्को लिङ्गा उभ्याइयो

भक्तपुर, ३१ चैत । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन बिहीवार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याउने क्रममा लिङ्गो भाँचिए पछि अर्को लिङ्गो उभ्याइएको छ । पहिलो लिङ्गो उभ्याउने क्रममा भाँचिएपछि झन्डै १० बजे र ४ मिनेट जाँदा अर्को लिङ्गो उम्याइएको हो ।
पहिलो लिङ्गो उभ्याउने क्रममा एकको मृत्यु हुनका साथै केही  घाईते भएता पनि परम्पराको निरन्तरता दिँदै अर्को लिङ्गो उभ्याएइएको हो ।
पहिला लिङ्गो उभ्याउने क्रममा भाँचेर एकको मृत्यु भएको र तीन सिकिस्त घाइतेका साथै अन्यको भक्तपुरका बिभिन्न अस्पतालमा उपचार भईरहेको भक्तपुर प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेको पहिचान हुन नसकेको साथै घाइते हुनेमा सूर्यबिनायक बस्ने २२ वर्षिय सुमन तज, लिवाली बस्ने ५० वर्षिय रामकृष्ण दुवाल, भक्तपुर ११ बस्ने ४८ वर्षिय बालकृष्ण लिला, कमलबिनायक बस्ने ५३ वर्षिय कृष्णभक्त दुवाल र नासमना बस्ने २८ वर्षिय सुरेन्द्र खाती रहेकोे महानगरीय प्रहरी प्ररिसर भक्तपुरका प्रबक्ता एवं डिएसपी कृष्ण प्रसाईले बताएका छन् ।

आज नै भेलुखेलमा उक्त लिङ्गो उठाउनु पर्ने र भोलीको साँझमा   ढलाउने परम्परा रहेको छ । आजै बिहानै भक्तपुरको कुमाले टोलमा हात नभएको लिङ्गो उठाए पश्चात बेलुकापख ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने परम्परा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *