करेन्ट लागेर रामेछापमा एक युवतीको मृत्यु

भक्तपुर न्यूज

२३ चैत २०७३ ६:२८

करेन्ट लागेर रामेछापमा एक युवतीको मृत्यु

रामेछाप, २३ चैत । रामेछापको खाँडादेवी गाउँपालिका–५ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षकी रस्मिता भुजेल रहेकी छिन् । घरमा रहेको मकै पिस्ने मिलको सोली छुँदा उनलाई करेन्ट लागेको हो ।
आफन्तले बेहोस अवस्थामा भुजेललाई तत्काल उपचारको लागि जिल्ला सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा ल्याएका थिए । लगतै भुजेललाई डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *