रसियन नागरिक पक्राउ

भक्तपुर न्यूज

२१ चैत २०७३ १०:१७

रसियन नागरिक पक्राउ

काठमाण्डौ, २१ चैत्र । एटीएम ह्याक गरी पैसा निकाल्दै गर्दा रसियन नागरिक रंगेहात पक्राउ परेका छन् । दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम बुथबाट एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा ३२ वर्षीय भोसिल एलेक्स सोसनोभलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ५४ थान एटीएम कार्ड, एटीएम बुथमा अड्किएको प्रो इन्भेन्ट ९३२५ लेखिएको कार्ड फेला पारेको छ । यस्तै, उनको साथबाट एक हजार दरका १३४ थान र ५ सयका २७ थान नोटसहित एक लाख ४८ हजार ३ सय ५० रुपैयाँ र मोबाइल पनि बरामद गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *