सुख्खा पहिरोले सवारी पुर्दा २ को मृत्यु

भक्तपुर न्यूज

२१ चैत २०७३ ७:३८

सुख्खा पहिरोले सवारी पुर्दा २ को मृत्यु

काठमाडौं, २१ चैत । मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । अर्का दुई जनाको भने उद्दार गरिएको छ । दिउसो १० बजे देखि ४ बजेसम्म सवारी आवागमन नै रोकेर काम भईरहेको मुग्लिन – नारायणगढ सडक खण्डको घुमाउनेमा सुख्खा पहिरो खसेको हो ।
आज भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिरो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् । प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ ।
पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *