रियल मड्रिडले एलाभेसलाई हरायो ।
एजेन्सी, २१ चैत । स्पेनिस ला लिगा लिडर रियल मड्रिडले प्रभावशाली प्रदर्शन यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एलाभेसलाई ३–० ले हरायो । यो लिगामा रियलको लगातार चौथो जित हो ।
३१ औं मनिेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । ५४ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । तर त्यो अफसाइड भएकाले गोलको मान्यता पाएन । ८५ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । ८८ औं मिनेटमा नाचोले गोल गरेपछि रियल ३–० ले विजयी भयो ।
लिगका १० खेल बाँकी हुँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको २८ खेलबाट ६८ अंक भएको छ । बार्सिलोनाको २९ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५