धनुषाका अमिन ३० हजार घुससहित पक्राउ

भक्तपुर न्यूज

२० चैत २०७३ ८:५१

धनुषाका अमिन ३० हजार घुससहित पक्राउ

धनुषा, २० चैत । नापी कार्यालय धनुषाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । नापी कार्यालय धनुषाका अमिन कृष्ण जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले आज ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियार कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालको टोलीले जोशीलाई पक्राउ गरेको हो । अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारीका लागि ३० हजार रुपैयाँ घुस लिएको बेला उनलाई पक्राउ गरेको एसपी लम्सालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *