स्थानीय तह कार्यान्वयमा आएपछि साबिकको गाविस वडा कार्यालय कायम
काठमाडौं, चैत । पुरानो संरचनाबाट नयाँ संरचनामा प्रवेश गर्दा धेरै सेवाग्राहीलाई कौतुहलता जाग्नु स्वभाबिक हो । सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै साबिकै गाविस गाउँपालिका र नगरपालिकाको वडा कायम भएकाले सेवाग्राहीलाई सेवा लिन कठिनाइ नहुने निश्चित प्राय भएको छ । यसअघि स्थानीय निकाय हुँदा पनि सेवाग्राहीले सम्बन्धित गाविसबाटै सेवा लिएका र स्थानीय तह कार्यान्वयमा आएपछि साबिको गाविस वडा कार्यालय कायम भएकाले सेवाप्रवाहमा समस्या नहुने भएको हो । सरकारले स्थानीय तह गठन आदेशमा साबिक गाविसले सम्पादन गर्दै आएका काम स्थानीय तहले गर्ने उल्लेख गरेपछि सेवाग्राहीलाई सेवा लिन असज नहुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । कतिपयको बुझाइमा स्थानीय निकायबाट स्थानीय तह भएपछि सर्वसाधारण सेवाग्राहीको काम झन्झटिलो र अप्ठ्रो हुन्छ भन्ने गलत सन्देश फैलिए पनि साबिक गाविसले गर्दै आएका काम नवगठित वडा कर्यालयले गर्ने भएकाले अलमलमा नपर्न मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
सामान्य सेवाग्राहीको काम स्थानीय तहको वडाबाट हुन्छ उक्त सेवाग्राही केन्द्रमा जानु पर्दैन, उनले भने कतिपयको बुझाइ स्थानीय तह भएपछि सेवाग्राहीको काम ठप्प हुन्छ की भन्ने छ तर त्यसो हुँदैन किनकि गाविसको काम वडाबाटै हुन्छ अलमलमा पर्नु पर्दैन । वडाबाट हुने काम केन्द्रबाट हुने काम सिफारिको काम ( नाता प्रमामित, नागरिक, जग्गा सम्बन्धि नामसारी ) स्थानीय तहभित्रका वडा, विषयत कार्यालय र अन्य स्थानीय तहसँग सम्मन्वय गर्ने पञ्जिकरण ( जन्म, मृत्यु, बिवाह, बसाईसराई र सम्बन्ध विच्छेद) सम्बन्धि काम विधानको अनुसूची ८ मा उल्लेख भएका २२ वटा अधिकार सूची कार्यान्वयन गर्ने (स्थानीय कर सम्बन्धि, स्थानीय सेवाको व्यवस्था, आधारभूत माध्यामिक शिक्षा, स्वास्थ्य सेवा स्थानीय बजार व्यवस्थापन आदिको नीतिगत व्यवस्थापन गर्नेविकास सम्बन्धि योजना निर्माण र र्यान्वयन यसअघि जिल्ला विकास समितिले गर्दै आएको काम अब स्थानीय तहको केन्द्रबाट हुन्छ पूर्व गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाल पनि स्थानीय तह निर्माण भए पनि सेवाग्राहीको काममा कुनै अप्ठ्रो र बाधा नपरेको बताउँछन् ।
उनका अनुसार यसअघि गाविस सचिवले गाविसको कार्यालयबाटै सेवाग्राहीको काम गरेका थिए अहिले पनि सोही गाविस सचिवले साबिकै गाविसको कार्यालयबाट वडासचिवको हैसियतमा काम भएको छ । सेवाग्राहीको काममा कत्तिपनि कमी भएको छैन । स्थानीय निकायबाट स्थानीय तहमा रुपान्तण भएपछि सेवाग्राहीकै काम रोकिन्छकी भनेर बुझ्नु भ्रम मात्र भएको उनले स्पष्ट पारे । हिजोको जिविसले गर्ने कुरा अहिले स्थानीय तहले गर्ने भएकाले अधिकार झन सेवाग्राहीको नजिक आएकाले स्थानीय निकाय भन्दा स्थानीय तह सेवाग्राही मैत्री र नजिक भएको रिजालको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता शर्माले भने वस्तुगत काम वडाबाट हुने र नीतिगत काम केन्द्रबाट हुने भएकाले स्थानीय निकायबाट स्थानीय तहमा रुपान्तरण भए पनि सेवा प्रवाहमा भने समस्या नआएको छैन र आउँदैन । पहिला गाविस सचिव गाविसको प्रमुख भएकाले सचिवले विभिन्न कार्यालयसँग समन्वय गर्नुपर्ने भएकाले गाविसको कार्यालयमा कम मात्र बस्ने गर्दथे तर अहिले समन्वयनका काम सम्बन्धित गाउँपालिका र नगरपाकिाका कार्यकारीले गर्ने भएकाले वडा सचिव कार्यालयमा नै बसेर सेवा दिन्छन् ।