नेइमारको गोलमा ब्राजिलको लगातार सातौ जित

भक्तपुर न्यूज

१६ चैत २०७३ ७:२५

नेइमारको गोलमा ब्राजिलको लगातार सातौ जित

एजेन्सी १६ चैत ।  नेइमारको उत्कृष्ट गोल प्रदर्शनमा ब्राजिलले दक्षिण अमेरिकी विश्व कप छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई ३–० गोलले पराजित गरेको छ।

पाराग्वेविरुद्धको जितसँगै छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले अंक तालिकामा ३३ अंक जोडेको छ। ब्राजिलको छनोटमा १० खेलको जित थियो। घरेलु टोलीका लागि ३४ मिनेटमा फिलिप कोटिन्होले पहिलो गोल गरेका थिए।

दोस्रो गोल ६४ मिनेटमा नेइमारले गरे। उनले डिबक्सभित्र पाराग्वेका गोलरक्षक बल खोस्न दौडिरहेको अवस्थामा बललाई हल्का माथि उठाएर गोलमा परिणत गरे। उनको यो ५२ औं अन्तर्राष्ट्रिय गोल थियो।

तेस्रो गोल मार्सेलोले ८५ मिनेटमा गरेपछि ब्राजिल सजिलै विजयी भयो। गत वर्ष कोपा अमेरिकामा ब्राजिलको पराजय पछि डुँगालाई बर्खास्त गरेको घरेलु टोली त्यसयता पराजित भएको छैन्। विश्व कप छनोटमा ब्राजिलको लगातार सातौं जित हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *