रोनाल्डोको नाममा विमानस्थल

भक्तपुर न्यूज

१६ चैत २०७३ ७:२२

रोनाल्डोको नाममा विमानस्थल

एजेन्सी १६ चैत ।  सबैभन्दा सफल फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने पोर्चुगिज सरकारको निर्णय आजबाट कार्यान्वयनमा आउने भएको छ।

गत वर्ष आफ्नो कप्तानीमा पोर्चुगललाई पहिलो युरो कपको उपाधि जिताएका रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने घोषणा गत साता मात्र सरकारले गरेको थियो। जसले बुधबार एक कार्यक्रमबीच औपचारिकता पाउदै छ।

सरकारले रोनाल्डो जन्मिएको ठाउँ माडेइराको आन्तरिक विमानस्थललाई रोनाल्डोको नाममा नामाकरण गर्ने निर्णय गरेको थियो। ३१ वर्षीय रोनाल्डो माडेइराको फुन्चलमा जन्मिएका थिए। उनी स्पोर्टिङ लिस्बनबाट फुटबल करिअरको सुरुवात गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *