द्वारीखोला हाईड्रोपावरको विद्युत परिक्षण प्रशारण शुरु
। कुमार प्याकुरेल ।
दैलेख, १३ चैत । लामो समय सम्म दैलेखबासीले खेप्दै आएको लोडसेडिङ्गको चरम मार अव भोग्नु नपर्ने भएको छ । दैलेखी स्थानियहको सहभागितामा नौमुले गाउँपालिका अन्र्तगतको द्वारी गाबिसमा भूगोल ईनर्जी प्रा.लिबाट ३.७५ मेघावाटको विद्युत उत्पादनको उद्घाटन भए पछि अब दैलखी स्थानियहरुले लोडसेडिङ्गको मार खेप्नु पर्ने बाध्यता अन्त्य भएको हो ।
द्वारीखोलाबाट २६ मिटर लम्बाई नहर खनेर पाईपलाईन मार्फत १ किलोमिटर डाउन पारी पानी झारेर पावर हावसबाट विद्युत निकालिने र द्वारीखोलाबाट निकालिएको विद्युत ३२ किलोमिटर पोल गाडेर सदरमुकाममा रहेको सब स्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने संचालक समितिका सदस्य अनिल खनालले बताए ।
द्वारीखोला हाईडोसँगै जिल्लामा अन्य २ वटा हाईड्रो पावर कम्पनिहरु निर्माणको चरणमा भएतापनि निर्माण कार्य सुस्त गतिमा बढिरहेको बेला द्वारीखोला हाईड्रो जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण सम्पन्न भएको छ । ६ नम्बर प्रदेशमा पहिलो पटक विद्युत आयोजना सम्पन्न भएको यो आयोजना निर्माण भए सँगै जिल्ला पुर्ण लोडसेडिङ्ग मुक्त जिल्ला हुने भएको छ । जिल्लामा करिब १.५ मेघाबाट विद्युत मात्र खपत हुने जिल्लामा ३.७५ मेघावाट पर्याप्त हुने स्थानियहरु बताउँछन् ।
कम्पनिले द्वारी गाबिसका प्रभावित क्षेत्रका गाबिसमा एक करोड रकम खर्च गरेर गाउँ गाृउँसम्म मोटर बाटो खनेको छ भने कम्पनिले ४० रोपनिको जग्गाको १ करोड रुपैयाँ क्षतिपुर्ति दिईसकेको र उक्त गाविसमा करिब १९ लाख रुपैयाँ बराबरको अनुमानित लागत लाग्ने मन्दिर समेत निर्माण गरिदिने बताएको छ ।
३.७५ मेघावाट क्षमताको विद्युत आयोजना निमार्ण गर्न भौगोलिक अबस्था, सडकको अवस्था निर्माण सामाग्री ढुवानी समस्या नाकाबन्दी लगायत विविध कारणबाट कठिन भएतापनि निर्धारित समयमा निर्माण कार्य सम्पन्न गरेको छ ।
२० करोड प्रति मेघावाट लागत रुपैयाँ लागेको द्वारी हाईड्रोको विधिबत रुपमा प्रशारण भएको र सुख्खायाममा समेत उत्पादन हुने भएकोले जिल्लालाई पर्याप्त मात्रामा विद्युत आपुर्ति हुने बताउँछन् भूगोल ईनर्जी प्रा.लि.का डाईरेक्टर राजेन्द्र प्रशाद गौतम ।