इङ्ल्यान्ड विश्व विजेता जर्मनीबाट १–० ले पराजित

भक्तपुर न्यूज

१० चैत २०७३ ५:५७

इङ्ल्यान्ड विश्व विजेता जर्मनीबाट १–० ले पराजित

एजेन्सी १० चैत  । आफ्नो विदाई खेलमा लुकास पोडोलोस्की हिरो साबित भएपछि जर्मनीले मैत्रीपूर्ण खेलमा बुधबार राती इङ्ल्यान्डलाई १–० ले पराजित गरेको छ।

पोडोलोस्कीले ६९ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। ३१ वर्षीय पोडोलोस्कीले जर्मनीका लागि १ सय ३० अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ४९ गोल गरेका छन्। उनी २०१४ मा देशले विश्व कप उपाधि जित्दा टोलीका प्रमुख खेलाडी मध्ये थिए।

विश्व कप छनोटभन्दा अगाडि खेलिएको यो खेल इङ्लिस प्रशिक्षक ग्यारेथ साउथगेटको पहिलो अन्तर्राष्ट्रिय थियो। पूर्व प्रशिक्षक साम अलार्डेसलाई विस्थापन गर्दै साउथगेट प्रशिक्षक नियुक्त हुनुअघि उनले कार्यवहाक प्रशिक्षकको रुपमा ४ खेल खेलाउने अवसर प्राप्त गरेका थिए। जसमा उनी अविजित थिए। तर, देशको पूर्ण जिम्मेवारी पाएपछि भने उनको पहिलो खेलमै पराजय हो।

विश्व विजेता टोलीसँग इङ्ल्यान्डले सुधारिएको खेल प्रदर्शन गर्यो। खेलमा इङ्ल्यान्डले गोलका लागि थुप्रै अवसर बनायो। साउथगेटको सिर्जनशील रणनीतिका कारण इङ्ल्यान्डले खेल हारेपनि साउथगेटको भने प्रशंसा भएको छ। यसअघि अलार्डेस प्रशिक्षक नियुक्त हुँदा उनलाई पहिलो खेलबाटै हटाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *