जडेजा, पुजारा र विजयको एक्कासी तलब बढ्यो
एजेन्सी १० चैत । भारतीय क्रिकेट बोर्ड(बिसिसिआई) ले रवीन्द्र जडेजा, चेतेश्वर पुजारा र मुरली विजयलाई बुधबार ए ग्रेडको सूचीमा समावेश गरेको छ। बोर्डको यो निर्णयसँगै यी तीनै खेलाडीको तलबदेखि सबै सुविधा बढेको छ।
बिसिसिआईको प्रशासनिक समितिले अक्टुबर २०१६ देखि लागु हुने खेलाडीको नियमित अनुबन्धमा यी तीन खेलाडीलाई अपग्रेड गर्ने निर्णय गरेको हो। पछिल्लो वर्ष पुजारा र विजय बी ग्रेडमा अनुबन्धित थिए। जडेजा भने सी ग्रेडमा थिए। यी खेलाडीको एकदिवसीय र टेस्ट मात्र नभएर टि–२० को खेलमा पनि पारिश्रमिक बढ्ने छ।
भारतमा ए श्रेणीमा हुने खेलाडीले वार्षीक २ करोड रुपैयाँ पारिश्रमिक पाउँछन्। यो गत वर्षको तुलनामा दुई गुणा हो। यस्तै, खेलाडीहरुले प्रत्येक टेस्टको १५ लाख, प्रत्येक एकदिवसीयको ६ लाख र ३ लाख टि २० पाउनेछन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४