राप्रपासँग प्रहरीको झडप : कान्तिपथ क्षेत्र तनावग्रस्त

भक्तपुर न्यूज

७ चैत २०७३ ९:३४

राप्रपासँग प्रहरीको झडप : कान्तिपथ क्षेत्र तनावग्रस्त

काठमाडौं, ७ चैत्र । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।
पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।
शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ भने राप्रपा कार्यकर्ताले ढुंगा हाने ।
झडपका क्रममा राप्रपाका केही कार्यकर्ता पनि घाइते भएका छन् । सधैं व्यस्त रहने कान्तिपथको सडक राप्रपा र प्रहरीबीचको झडपले तनावग्रस्त बनेको छ । सडक अश्रुग्यासले कुहिरीमण्डल बनेको छ । अहिले राप्रपाका कार्यकर्ताहरुले सडकमै आगो बालेर प्रदर्शन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *