आज १०७ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

भक्तपुर न्यूज

२५ फागुन २०७३ ५:४८

आज १०७ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ, २५ फागुन । आज मार्च ८ अर्थात १०७ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईदैछ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि यो दिवस मनाउने गरिन्छ ।
सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तराष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।
नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् । नेपालमा यसवर्ष बदलिँदो परिवेशमा कामकाजी महिला : सन् २०३० सम्म बराबरी पाइला नाराका साथ मनाउन लागिएको दिवसको अन्तराष्ट्रिय नारा भने महिला सम्मानको आधार : सीपयुक्त हात र स्वरोजगार भन्ने छ । दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । आजैबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देशका विभिन्न ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन शुरु गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *