सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो
एजेन्सी ८ फागुन । स्पेनिस ला लिगामा शीर्ष स्थानको होडमा रहेको सेभिल्लाले बार्सिलोनालाई पछि पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एइबरलाई २–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।
सेभिल्लाको जितमा पाब्लो साराबिए र भिटोलोले गोल गरे । ३० औं मिनेटमा साराबिएले गोल गर्दै सेभिल्लालाई सुरुवाति अग्रता दिलाए । इन्जुरी समयमा भिटोलोले गोल गरेपछि सेभिल्ला २–० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको २३ खेलबाट ४९ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ५२ अंक छ । सेभिल्लाले भन्दा एक खेल कम तथा रियलले भन्दा एक खेल बढी खेलको तेस्रो स्थानको बार्सिलोनाको ४८ अंक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०