आइपिएलको अक्सन कहिले ?

भक्तपुर न्यूज

२२ माघ २०७३ ९:०९

आइपिएलको अक्सन कहिले ?

एजेन्सी, २२ माघ । इंडियन प्रिमियर लिग आइपिएल क्रिकेटको यो सिजनका लागि फेब्रुअरी २० मा खेलाडीको बोलकबोल (लिलाम बिक्री अर्थात अक्सन) हुने भएको छ । सन् २०१७ को सिजनका लागि फेब्रुअरी २० अर्थात आउँदो फागुन ९ गते बैंग्लोरमा खेलाडीको किनबेच हुने तय भएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ ।
लिलाम बिक्रीका लागि सात सय ५० भन्दा धेरै खेलाडी दर्ता भएको बिसिसिआईले जनाएको छ । खेलाडी दर्ताको अन्तिम दिन हिजो थियो । आइपिएलमा सहभागी टिमले अधिकतम २७ खेलाडी किन्न सक्छन् । त्यसमा विदेशी खेलाडी बढी ९ जना मात्रै हुनु पर्ने नियम छ । हरेक टिमले खेलाडीका लागि अधिकतम ६६ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ ।
यसअघि फेब्रुअरी ४ का लागि तय भएको लिलाम बिक्री सर्वोच्च अदालतले बिसिसिआईका अध्यक्ष अनुराग ठाकुर र सचिव अजय शिर्केलाई जनवरी २ मा निलम्बित गरेपछि ढिलाई भएको हो । यो वर्षको आइपिएल क्रिकेट आउँदो अप्रिल ५ देखि सुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *