१५ औं आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङलाई
काठमाडौं, १६ माघ । १५ औं आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । सहारा क्लबलाई घरेलु मैदानमै १–० गोल अन्तरले पराजित गर्दै मनाङले पाँचौ पटक उपाधी जितेको हो । खेलको ७० औँ मिनेटमा कमल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
१२ औं सस्करणको फाईनलमा आयोजक सहारासँग पराजित हुदाँको पीडा भुल्दै मनाङले डिफेन्डिङ च्याम्पियनको शाख पनि जोगायो । प्रतियोगिताको विजेता मनाङले पाँच लाख ५१ हजार १ रुपैयाँ र उपविजेताले सहाराले दुई लाख ५१ हजार १ रुपैयाँमा पाएको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित फुटबल प्रतियोगिताको उत्कृष्ठ खेलाडीको पुरस्कार सहाराका गोलकिपर सुजित गुरुङले हिरो ड्यास स्कुटर पाए । सर्वाधिक गोलकर्ताले नगद २५ हजारसहित ट्रफी पाउँदा अन्यले ट्रफीसहित जनही १५ हजार रुपैयाँ पाए । अनुशासित टोलीको पुरस्कार रमपम झापा ११ लाई पुरस्कृत गरियो । विजेतालाई महिला तथा समाजकल्याण मन्त्री कुमार खड्काले ट्रफीसहित नगद प्रदान गरे । एघार दिने प्रतियोगितामा भाग्यमानी दुईजना दर्शकलाई टिभी तथा एकतोला सुनको औठीं प्रदान गरिएको थियो ।
उत्कृष्टहरु
उत्कृष्ट खेलाडी – सुजित गुरुङ ९मनाङ०
उत्कृष्ट फर्वाड – शिब सुबेदी ९सहारा०
उत्कृष्ट किपर –सुजित गुरुङ ९सहारा०
सर्वाधीक गोल कर्ता – कर्ण सुब्बा ९धरान० तीन गोल
उत्कृष्ट प्रशिक्षक– किरण श्रेष्ठ ९सहारा०
उत्कृष्ट डिफेन्स – कमल श्रेष्ठ ९मनाङ०
उत्कृष्ट मिडफिल्डर – सुजल श्रेष्ठ ९मनाङ०
फेयरप्ले– झापा ११