विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने
एजेन्सी, १४ माघ । अमेरिकामा छात्रालाई शौचालय जान नदिने एक विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सन् २०१२ मा क्यालिफोर्नियाको पेट्रिक हेनरी हाई स्कुलकी शिक्षिका गोन्जा वोल्फले शौचालय जान नदिएपछि एक छात्राले बाल्टिनमा पिसाव फेरेकी थिइन् ।
बाल्टिनमा पिसाव फेरेपछि आफूलाई आत्महत्याको सोच समेत आएको भन्दै ती छात्राले मुद्दा दायर गरेकी थिइन् । त्यसमाथि सुनुवाई गर्दै क्यालिफोर्नियाको उच्च अदालतले विद्यालयले ति छात्रालाई साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो ।
शिक्षिका वोल्फले भने कक्षा चलिरहेका बेला शौचालय जान नपाइने नियमका कारण छात्रालाई बाल्टिनमा पिसाव फेर्न लगाएको बताएकी छिन् । घटनापछि विद्यालय प्रशासनले छात्रा र छात्राकी आमासँग माफी मागेको बिबिसीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८