भेनस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

भक्तपुर न्यूज

११ माघ २०७३ ८:०६

भेनस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

एजेन्सी, ११ माघ । सात पल्टकी ग्रान्ड स्लाम विजेता भेनस विलियम्स १४ वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। १३ औं वरियताका भेनसले गएराती भएको क्वाटरफाइनल खेलमा २४ औं वरियताकी रुसी खेलाडी अनास्तासिया पाभ्लुचेन्कोभालाई ६–४ र ७–६ ९७–३० को सेटमा पराजित गरेकी थिइन्।
३६ वर्षीय भेनसले वर्षको पहिलो ग्रान्ड स्लाम स्पर्धा अहिलेसम्म जितेकी छैनन्। उनी २००३ मा अन्तिम पल्ट अस्ट्रेलियन ओपनको फाइनल पुगेकी थिइन्। जसमा उनी आफ्नै बहिनी सेरेनाबाट पराजित भएकी थिइन्। उनको सेमिफाइनल भिड्न्त अमेरिकाकै बिना बरियताकी कोको भान्डेवेघीसँग तय भइसकेको छ। भान्डेवेघीले अर्को क्वाटरफाइनलमा सातौ वरियता प्राप्त स्पेनकी गाब्रिने मुगुरुजालाई ६–४ र ६–० ले हराएकी थिइन्।
भेनेस १९९४ पछि बढी उमेरमा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी हुन्। यसअघि अमेरिकाकै मार्टिना नभ्रातिलोभा पाको उमेरमा सेमिफाइनल पुगेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *