नुवाकोटमा स्थानीय र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते

भक्तपुर न्यूज

७ माघ २०७३ १४:०५

नुवाकोटमा स्थानीय र प्रहरीबीच झडप,  एक दर्जन बढी घाइते

नुवाकोट ,७ माघ । नुवाकोटको बिदुरमा आज स्थानीय बासिन्दा तथा प्रहरीबीच झडप भएको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र रबरको गोली प्रहार गरेको छ । जिल्ला प्राविधिक समितिको सिफारिस विपरित पुनर्संरचना आयोगले लिखु गाउँपालिका हटाएको भन्दै ६ दिन यता आन्दोलनमा रहेका जिल्लाका पूर्वी भेगबासीले आजबाट सदरमुकाम केन्द्रित आन्दोलन थालेका हुन् ।
आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र ४ राउण्ड रबरभन्दा बढी गोलीसमेत प्रहार गरेका थिए ।
रबरको गोली लागेर थानसिङका विनोद पाठक, चौघडाका राजन भट्ट, खानीगाउँका कृष्ण गजुरेल, गौरव लामिछाने, रुपक ढुंगाना सहित अन्य दुई जना छन् । पाठकको पेट र देब्रे तिघ्रामा र भट्टको देब्रे तिघ्रामा गोली लागेको छ भने अन्यको हात र गोडामा गोली लागेको चोट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *