नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा

भक्तपुर न्यूज

६ माघ २०७३ ११:३२

नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा

काठमाडौें, ६ माघ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको चुनाव चिन्ह आँखा हुने भएको छ । सो पार्टीको आज बस्ने राजनीतिक समितिको बैठकले चुनाव चिन्ह आँखा राख्ने निर्णय गर्ने सम्भावना छ ।
प्रवक्ता खिमलाल देवकोटाका अनुसार राजनीतिक समितिले आँखा चिन्ह प्रस्ताव गर्दै पार्टीभित्र सुझाव माग गरेकामा धेरैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले आँखा चुनाब चिन्ह हुनसक्ने सम्भावना छ ।
उक्त पार्टीले यसअघि तारा चुनाव चिन्ह दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले उक्त चिन्ह नेकपा मालेबाट विभाजन भएर बनेको माले समाजवादीको नाममा दर्ता भइसकेको जवाफ दिएपछि नयाँ चिन्ह खोजी भएको हो । प्रवक्ता देवकोटाले केही दिनभित्रै निर्वाचन आयोगमा चिन्ह दर्ताका लागि आवेदन दिइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *