४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

भक्तपुर न्यूज

५ माघ २०७३ २:१४

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं, ५ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा हुने गरेको छ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन्। ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन्। शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ।
सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताए। जग्गा अभावका कारण शव गाड्ने मापदण्ड पूरा नभएको फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्तीले भनाइ छ । आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए।
अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ। वरपरको बस्तीमा दुर्गन्ध थोरै ठाउँमा निरन्तर शव गाड्दा नकुहिएर वरपर दुर्गन्ध फैलिएको छ।
शिक्षण अस्पताल परिसरमै चिहान बनाइएको र अव्यवस्थित रूपमा कंकाल छरिएको विषयमा स्वास्थ्यमन्त्री गगन थापाले आफू बेखर रहेको बताए। यो खवर आजको नयाँ पत्रिका दैनिकमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *