नमुना सडकको नमुना बगैंचा तर हुन सकेन संरक्षण

भक्तपुर न्यूज

२८ पुष २०७३ १०:२६

नमुना सडकको नमुना बगैंचा तर हुन सकेन संरक्षण

भक्तपुर । ब्यथा कोटेश्वर तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म निर्माण गरिएको छ लेन सडक नियालेपछि सबैले सहजै बुझ्न सकिन्छ । हालसम्म नेपाल सरकारले आफै बनाउन नसकेको यो सडक खण्डको बिस्तार जापान सरकारले गरिदिएको हो । कोटेश्वर सूर्यबिनायक छ लेन सडक नेपालकै लागि नमूना सडक हो ।
सडकको शोभा बढाउन बीचमा बनाइएको बगैंचाले पैदल यात्रु र सवारीमा यात्रा गर्नेहरुका लागि आकर्षण बन्दै गएको छ । जसरी छ लेन सडकमा यात्रा गर्न सहज छ त्यतिकै बीचमा बनेको बगैंचाले थप आनन्द र आकर्षक बनाएको देखिन्छ । सडकको मध्य भागको बगैंचामा झुलेका विभिन्न प्रकारका बिरुवाले धेरैको मनै लोभ्याउने गरेको छ । यसरी बीच भागमा अनावश्यक घाँस र झारपात उम्रिएको बारको, बीचमा नेपाल सरकारले बिरुवा रोपेर बगैंचामा परिणत गराएको हो ।
पद्मवेली, समी, धुपी लालुपाते लगायतका विरुवा रोपेर छ लेन सडकको आकर्षणलाई थप पुष्टि गरेको सम्बन्धीत निकायले जनाएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृक्षारोपणको उद्घाटन गरे पनि अहिले सरकारले नै बगैंचाको संरक्षण गरेको छ । कोटेश्वरदेखि सूर्यविनायकसम्म गरी ९ किलोमिटर दुरीमा रहेको बारको बीचको बगैंचा अहिले बगैंचा जस्तै बनेको छ ।
बगैंचा निर्माण गर्ने कार्य यो शुरुवात मात्र हो जिल्ला वन कार्यालयले जनाएको छ । गत दुई वर्षअघि पुसमा रोपेको बिरुवा अहिले हरियो हुँदा त्यस क्षेत्रमा हिँडडुल गर्न नै आनन्द आउने गरेको कार्यालयले जनाएको छ ।
छ लेन सडकको बीचमा वृक्षारोपण गरी बगैंचा निर्माण गर्दा वातावरणीय दृष्टिकोणले पनि प्रभावकारी हुँदा वृक्षारोपणले छ लेन सडकको प्रभावकारीतालाई थप पुष्टि गरेको स्थानीय पैदल यात्रु सरद सुवेदीले बताए ।
नेपालमा नै नमूनाको रुपमा निर्माण भएको छ लेन सडकमा बगैंचा निर्माण गरेर अझ आकर्षक भएको भन्दै उनले भने, बगैंचा निर्माणले स्वच्छ वातावरण, सुन्दरतालाई कायम राखी आमसर्वसाधारणको ध्यान केन्द्रीत गरेको छ । तर ठाउँ ठाउँमा बिरुवा मरेका छन्, नयाँ बिरुवा रोप्नुपर्ने भएको त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन तर बृक्षारोपणले वातावरण भने हरियाली बनाएको छ ।
बगैंचा निर्माण कार्यलाई काठमाडौं महानगरपालिका, भक्तपुर, मध्यपुर थिमी, जिल्ला वन कार्यालय भक्तपुर र काठमाडौं, भक्तपुर सडक विस्तार आयोजनाको संयुक्त प्रयासमा बगैंचा निर्माण कार्यलाई अभियानको रुपमा अगाडि बनाएको हो सुवेदीले भने, बगैंचा निर्माण कार्यले पैदल यात्रु, सवारी साधनमा आवतजावत गर्ने यात्रु र स्थानीयको आकर्षण भएको छ ।
तीन मिटरको दुरीमा विभिन्न आकर्षक विरुवा रोपिएर बगैंचा निर्माण गरिएको चर्चा गर्दै उनले बगैंचा निर्माणले छ लेन सडकको शोभा बढाएको छ भने ।
मध्यपुर थिमी नगरपालिकाको भने हरियाली वातावरण भएको छ लेन सडकको बगैंचाको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको जनाएको छ । कुनै एउटा मात्र निकायले संरक्षण गर्नु भन्दा यसलाई साझा सम्पत्ति सम्झेर सबैले संरक्षण गर्ने हो भने बगैंचा दिर्घकालीन हुन सक्ने सरोकारवालाहरुले बताएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *