सन् २०२६ मा हुने विश्वकप फुटबलदेखि ४८ टिम सहभागी हुने
एजेन्सी, २७ पुस । फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् । हाल ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ ।
स्वीट्जरल्यान्डको ज्यूरिचमा भएको फिफाको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै विश्वकप फुटबलको अन्तिम चरण हुँदै आएका ६४ खेलको संख्या बढेर ८० पुग्नेछन् । अब ४८ देशलाई १६ समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा ३ देश हुनेछन् । जसबाट शीर्ष २ टीम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।
विश्वकप सकिन ३२ दिन लाग्ने समेत जनाइएको छ । सन् १९९८ को फ्रान्स विश्वकपदेखि विश्वकपमा ३२ टिमले सहभागिता जनाउँदै आएका छन् । सन् १९३० को पहिलो विश्वकपमा भने १३ टिमले मात्र सहभागिता जनाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६