सरकारले बन रक्षक शाहिलाइ शहिद घोषणा गर्ने

भक्तपुर न्यूज

२१ पुष २०७३ १०:०८

सरकारले बन रक्षक शाहिलाइ शहिद घोषणा गर्ने

काठमाडौं ,२१ पुस  । सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता पनि दिने भएको छ ।जाजरकोट स्थायी घर भएका शाहीको १७ पुसमा खोक्लिङ गाविस-४ मा खुकुरी प्रहार गरी बिभत्स हत्या भएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कर्तव्य पालनाको सिलसिलामा शाहीको हत्या भएकाले उनलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र उनका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *