तिमीसंग… गीतको म्युजिक भिडियो सार्वजनिक

भक्तपुर न्यूज

२१ पुष २०७३ ९:२९

तिमीसंग… गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौंं, २१ पुस । गायक मोहन के. राईको तिमीसंग भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् ।
शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत सुन्न सकिन्छ । आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन् । ललितपुरको छम्पि गाविसको आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *