पौडेल, श्रेष्ठ र ठाकुरबीच भेटवार्ता
भक्तपुर, ११ पुस । संसदको जारी गतिरोध हल गर्ने बिषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज छलफल भएको छ ।
भक्तपुरको सानोठिमीस्थित महन्थ ठाकुरको निवासमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।
भेटपछि कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताए ।
यस्तै, संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७