विपक्षी दलले १७ गते गर्ने भनेको आमसभा २२ गतेलाई सर्यो
काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका दलहरुले संविधान संशोधन विधेयकविरुद्ध १७ गते काठमाडौंमा गर्ने भनिएको आमसभा स्थगित भएको छ । अंग्रेजी नयाँ वर्ष परेको भन्दै उक्त आमसभा २२ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेका छन् । संशोधन बिरुद्धको आन्दोलनमा ९ दल सहभागी हुने भएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि सहभागी थिए ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार दबावमुलक आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । उनीहरुले आइतबार नौ दलका अध्यक्षहरुको संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८